रुस-युक्रेन युद्ध प्रभाव : विश्वव्यापी खाद्य संकट हुन सक्ने चेतावनी

 

काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण विश्वव्यापी खाद्य संकट आउन सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । रुस र युक्रेनबीच भएको युद्धका कारण विश्वव्यापी मंहगी बढेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेसले खाद्यान्न संकट पनि निम्तिन सक्ने चेतावनी दिएका हुन् ।

खाद्यान्न संकट आउनसक्ने भन्दै भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएकाले पनि विश्वमा खाद्यान्न संकट आउन सक्ने अनुमान गरिएको हो । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वमा खाद्य संकटलाई थप बल पुर्याउने अनुमान गरिएको छ ।

यसको प्रत्यक्ष मारमा गरीब देशहरु पर्ने र दशौं लाख मानिसले ठूलो भोकमरीको सामना गर्नुपर्ने हुन सक्ने गुटेरेसले बताएका छन् । अझ विशेषगरी बेकरी उद्योगहरु संकटमा पर्न सक्ने आंकलन गरिएको छ । महासचिव गुटेरेसले तत्काल योजनावद्ध कदम चाल्ने हो भने खाद्य संकट टार्न सकिने बताएका छन् ।

You might also like

Comments are closed.