जनकपुर । मिथिला उद्योग वाणिज्य संघ ढल्केवरको अध्यक्षमा तेजनारायण साह (सन्तोष) निर्वाचित भएका छन् । यस अगाडि तदर्थ समितिको अध्यक्ष पनि शाह नै थिए । शनिबार सम्पन्न प्रथम साधारणसभाले शाहको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यायमा संतोष कुमार महतो, महिला उपाध्यक्षमा सुशीला कुमारी, महासचिवमा दीपक लामा, सचिवमा सर्वनाथ महतो र कोषाध्यक्षमा श्रीराम यादव निर्वाचित भएका छन् ।
सदस्यहरूमा मनोज शाह, सत्रुधन दास, मुन्ना कुमार सिंह, जनकलाल महतो, कौशल्या देवी महतो निर्वाचित भएको अध्यक्ष शाहले जानकारी दिए ।
सम्पूर्ण उद्योगी व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने नवनिर्वाचित अध्यक्ष शाहले प्रतिबद्धता व्यक्त गरेका छन् । शाह जानकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्षसमेत हुन् ।






Comments are closed.