गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला, इक्यान कास्कीले आयोजना गर्दैछ । आठौं संस्करणको इक्यान शैक्षिक मेला यही भदौ २० र २१ गते पोखराको न्युरोडस्थित सिटी स्क्वयार बैंक्युटमा हुँदैछ । मेलाको संयोजकको भूमिकामा रहेर काम गर्ने अवसर मलाई प्राप्त भएको छ । सम्पूर्ण इक्यानियन साथीहरुको उत्साहजनक साथ र प्रायोजकहरुको सहयोग र सहभागिताले यस पटकको मेला सशक्त र भव्य हुने हामीले अपेक्षा गरेका छौं ।
मेलामा विद्यार्थी र अभिभावकलाई उच्च शिक्षा सम्बन्धी विस्तृत जानकारी प्रदान हुनेछ । मेलामा युके, अष्ट्रेलिया, क्यानडा, युएसए लगायतका विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । स्वदेशी कलेजहरुको पनि उपस्थिति रहनेछ । इक्यानका सदस्य संस्थाहरूका स्टलहरूसहित ६० भन्दा बढी स्टलबाट विद्यार्थीले परामर्श सेवा प्राप्त गर्नेछन् । विद्यार्थीले एउटै छानामुनि विभिन्न कन्सल्टेन्सीबाट भर्ना प्रक्रिया, स्कलरसिप, भिजा प्रक्रिया र अन्य आवश्यक जानकारी प्राप्त गर्ने अवसर पाउनेछन् ।
मेलामा उपस्थित विद्यार्थीका लागि लक्की ड्रको माध्यमबाट ल्यापटप, ट्याब, मोबाइल जस्ता पुरस्कारहरू प्रदान गर्ने व्यवस्था गरिएको छ । विद्यार्थी र अभिभावकहरूले मेलामा आएर काउन्सिलिङ, शैक्षिक गाइडलाइन र वैदेशिक अध्ययन सम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् । इक्यान कास्कीले यो मेलालाई भविष्य निर्माणको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेको छ । सम्पूर्ण विद्यार्थी र अभिभावकलाई मेलामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु
Comments are closed.