‘अष्ट्रेलिया एजुकेसन इन्फोडे’ पोखरामा (अन्तर्वार्ता)

सन्तोष शाही, सञ्चालक, नेप्कम्स सर्भिसेज पोखरा

नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा मंगलबार (वैशाख २० गते) ‘अष्ट्रेलिया एजुकेसन इन्फोडे २०२२’ हुँदैछ । इन्फोडेका सन्दर्भमा नेप्कम्सका सञ्चालक सन्तोष शाहीसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

‘अष्ट्रेलिया एजुकेसन इन्फोडे’ आयोजना गर्नुको उद्देश्य के हो ?

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी इन्फोडे आयोजना गरेका हौं । वैशाख २० गते मंगलबार (मे ३) मा सिद्धार्थचोकस्थित आफ्नै सभाहलमा इन्फोड हुँदैछ । इन्फोडेमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहनेछ ।

jutta mela

इन्फोडेमा सहभागी हुँदा विद्यार्थीलाई के फाइदा हुन्छ ?

मेलामा अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने हुँदा विद्यार्थीेले उहाँहरुलाई प्रत्यक्ष भेट्ने अवसर प्राप्त हुनेछ । आफ्ना सम्पूर्ण जिज्ञासा प्रत्यक्ष रुपमा राख्ने वातावरण बन्छ । विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी अष्ट्रेलियास्थित कलेज तथा युनिभर्सिटीकै प्रतिनिधिबाट बुझ्ने अवसर इन्फोडेमा मिल्छ । पछिल्लो समयका परिवर्तित शैक्षिक नीति तथा नियमहरुका पनि सम्पूर्ण जानकारी विद्यार्थीलाई प्रदान हुने हुँदा इन्फोडे प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौं ।

अन्य सुविधा के-के रहन्छन् ?

इन्फोडेमा सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट गर्ने व्यवस्था मिलाएका छौं । शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ती कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस (क्ष्भ्ीत्क्), पिटिइ (एत्भ्) गर्न चाहेमा हामीले ३० प्रतिशत डिस्काउण्ट अफरको पनि व्यवस्था गरेका छौं । इन्फोडेमा आउने विद्यार्थीले यी सबै सुविधा प्राप्त गर्नेछन् । सहभागीलाई आकर्षक पुरस्कार व्यवस्था पनि गरेका छौं ।

इन्फोडेमा आउनका लागि लक्षित विद्यार्थीहरु को-को हुन् ?

प्लस टु, व्याचलर तथा मास्टर्स पास गरेका विद्यार्थी एजुकेशन इन्फोडेमा भाग लिन सक्नेछन् । विशेष गरी अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेका छौं । कलेज, विश्वविद्यालयको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी सम्बन्धी जिज्ञासा हुने सम्पूर्ण विद्यार्थी इन्फोडेमा सहभागी हुँदा बढी प्रभावकारी हुन्छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया कस्ता गन्तव्य हो ?
धेरै विद्यार्थीको रोजाईमा पर्ने देश हो । कोभिडको लामो लकडाउन पश्चात अष्ट्रेलियाले हाल विद्यार्थी भिसामा जाने विद्यार्थीलाई भिसा नीतिमा सहजता बनाएको छ । पहिला दुई हप्तामा ४० घण्टा मात्र काम गर्न पाउने प्रावधान रहेकोमा हाल विद्यार्थीले फुलटाइम काम गर्न पाउने हुँदा अहिले अष्ट्रेलिया नेपालीहरुको राम्रो गन्तव्य बनेको छ ।

युनिस्टारले कुन–कुन देशका लागि सेवा प्रदान गर्दै आइरहेको छ ?

युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारिक कार्यालय हो । युनिस्टारले आइएलटिएस र पिटिइ तयारी कक्षाका साथै अष्टे«लिया लगायत युके, युएसए, क्यानडा, अमेरिका, न्यूजिल्याण्ड, जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दै आइरहेको छ । हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलिया लगायत विभिन्न देशका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं । अष्ट्रेलियामा मुख्य कार्यलय रहेको नेप्कम्स् सर्भिसेजको पोखरा, वुटवल, धरान र काठमाडौंमा शाखा कार्यालय छन् । नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्वारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।

नेप्कम्स्नै किन ?
विगत १८ वर्षदेखीको अनुभवी परामर्श दाता, हजरौं विद्यार्थीलाई अष्टेलिया, युके, युएसए, क्यानाडा लगायतका देशमा पठाउन सफल, अष्टेलियमापनि कार्यालय रहेको, अष्टेलियामा पनि विद्यार्थीलाई आवश्यक पर्ने सहयोग प्रदान गर्ने, सहि परामर्शको लागि नेप्कम्स उपयुक्त स्थान हो ।

You might also like

Comments are closed.