काठमाडौं । काठमाडौंको कलंकीमा रहेको नेशनल बिजनेश ट्रेड सेन्टरमा पसल नं २०९० मा छ सारा कलेक्सन एण्ड बुटिक । समयको माग अनुसार महिलाको लागि आवश्यक साडी, कुर्ता, टप्स तथा पार्टीवयर कपडा अनलाइन डेलिभरी गर्दै आइरहेको छ साराले ।
ग्राहकको अर्डर अनुसारको सामान डेलिभरी गर्दै आइरहेको संचालक सारदा अधिकारीले बताइन् । ‘अनलाइन मार्फत सामान अर्डर गर्ने ग्राहकको संख्या बढिरहेको छ,’ उनले भनिन् । व्यवसाय संचालनको छोटो समयमा नै धेरै अनुभव बटुलेको अधिकारी बताउँछिन् ।
‘स्तरीय सामान डेलिभरी गरेकै कारण ग्राहकको मन जित्न सफल भएका छौं,’ उनले भनिन् । पसल पसलमा गएर सामान छान्ने समय नहुने व्यस्त महिलाको लागि अनलाइन अर्डर तथा डेलिभरी धेरै प्रभावकारी रहेको उनको अनुभव छ । अनलाइनमार्फत नै सामान हेरेर अर्डर गर्न पाइने हुँदा यसले समयको बचत गराएको छ ।
भारतबाट सामान ल्याएर बिक्री गर्छिन् अधिकारी । अनलाइनसँगै पसलबाट सिधै आउने ग्राहकलाई होलसेल तथा रिटेलमा पनि सामान बिक्री गर्दै आइरहेको उनले जानकारी दिइन् । ‘ग्राहकको रोजाइ अनुसारका कपडा उपलब्ध गराउन सफल छौं,’ उनले भनिन् ।
Comments are closed.