पोखरा । सराङकोट वहुउद्देश्यीय सहकारी संस्थाको १५औं वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३२ पोइन्ट रगत संकलन गरिएको छ । पहिलो रक्तदाता संस्थाका सल्लाहकार राममणि पौडेल र शेयर सदस्य सान्त्वना पराजुलीलाई पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछानेले ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरिएको थियो ।
सो अवसरमा बोल्दै पौडेलले सहकारीले सामाजिक आर्थिक रुपमा खेलेको भूमिका महत्वपूर्ण रहेको वताए । पहिलो रक्तदाता दुवैजना एकै परिवारका श्रीमान श्रीमती हुनु महत्वपूर्ण रहेको र रक्तदान परिवारका सदस्यहरुवाट हुनुपर्ने रक्तसंचार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले वताए ।
२०६२ सालमा स्थापना भएको संस्थाले स्थापना देखि रेडियो सराङकोट सँगै वचत तथा ऋणको कारोवार र सदस्यहरुमुखी रचनात्मक कृयाकलापहरु गर्दै कुल ४० करोडको करिव ३५ करोड ऋण लगानी गरेकोे सचिव कृष्ण थापाले बताए ।
संस्थाले पौष महिनादेखि सदस्यहरुमुखी छुट तथा सहुलियतका लागि विभिन्न व्यवसायीक पसलहरुवाट छुट योजना कार्यक्रम गर्न लागिएको पनि सचिव थापाले वताएका छन् । सहकारीले रेडियोको माध्यमवाट समुदायमुखी तथा उत्तरदायित्वमूलक कार्यक्रम पनि प्राथमिकतामा राखेको छ ।
संस्थाका अध्यक्ष प्रेम वहादुर जि.सीको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद वास्तोला, रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, मिर्मिरे सहकारी संस्थाका अध्यक्ष लेखनाथ तिवारी, मेडीसिटी हस्पीटल ट्रमा सेन्टरका अध्यक्ष रमेश कुमार थापा, संगम मार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछाने, महिला समुह अध्यक्ष ईन्दिरा लामिछाने, जिल्ला प्रहरी कार्यालयका संचार प्रमुख राजेन्द्र पौडेल, कार्यक्रम संयोजक सुरेन्द्र थापा, सल्लाहकार इन्द्रकमल मानन्धर लगायतले आफ्नो बोलेका थिए । अवका दिनहरुमा सहकारीले आधुनिक प्रविधिमैत्रीे सेवा विस्तारमा प्रभावकारी हुने कार्यक्रमलाई महत्व दिने योजना रहेको बताईएको छ ।
Comments are closed.