सराङकोट सहकारीद्वारा विद्यार्थीलाई पोशाक वितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारीको १५ औ वार्षिकोत्सवको अवसरमा कन्या मा. वि का बिद्यार्थीलाइ पोशाक बितरण गरिएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी विविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा कार्यक्रमहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए ।

संस्थाले वार्षिकोत्सवको अबसर पारी विद्यार्थीहरुलाई शैक्षिक पोशाक वितरण सहित २५ गते शनिबार , रक्तदान , स्टार डाग्नोष्टिक सेन्टर को सहकार्यमा होलबोडी चेकअप रगत परिक्षण गर्ने भएको छ । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत पोखराको एलेन्जल विद्यलय , महेन्द्र मा.वि नवप्रभात मा.वि ,श्रीराम आधारभुत विद्यालय , शान्ता मा.वि ,कन्या मा. वि का ४० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धर, बिद्यालयका प्र.अ प्रम बहादुर बुढाथोकी ,सचिव कुल प्रसाद सुवेदी , सल्लाहकर ईन्द्रकमल मानन्धर , संस्थाका पुर्व कोषाध्यक्ष मिन बाहदुर अधिकारी ब्यवस्थापक सुरेन्द्र थापा जेष्ठ सेयर सदस्य दामोदर पराजुली शिक्षा समिति सदस्य घनश्याम गौतम कर्जा अधिकृत सरिता पौडेल लगायतले आफ्नो भनाई राखेका थिए ।कार्यक्रममा स्वीस स्टार टेलर्सका सञ्चालक सुरज परियारले २ सेट पोशाक सहयोग गरेका थिए ।

You might also like

Comments are closed.