सर्वेश्वरका व्यवसायीहरुको प्रर्वद्धनात्मक भ्रमण सम्पन्न

 

पोखरा, २९ जेठ

पोखराको सर्वेश्वरमार्गस्थित व्यवसायीहरुको टोली तीन दिने प्रर्वद्धनात्मक तथा अवलोकन भ्रमण सकेर पोखरा फर्किएका छन् । सर्वेश्वर व्यवसायि समितिको आयोजनामा पर्वत, बागलुङ्ग तथा म्याग्दीका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल भएको हो । भ्रमणका क्रममा टोलीले कास्कीको नयाँपुल, पर्वतको कुश्मा बजार, म्याग्दीको बेनी र गलेश्वर तथा बाग्लुङ र गलकोटका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल गरेका थिए ।

म्याग्दीमा कपडा तथा फेन्सी व्यवसायीसंग, बाग्लुङमा बाग्लुङ उद्योग बाणिज्य संघ तथा बाग्लुङ कपडा व्यवसायिसंग, गलकोटको हटिया बजारमा कपडा तथा फेन्सी बजार इकाई समितिका पदाधिकारीहरुसंग अन्र्तक्रिया भएको थियो ।

१६ सदस्यित टोलीमा सर्वेश्वर व्यवसायि समितिका अध्यक्ष सन्तोष पौडेल, फेन्सी व्यवसायी संघ कास्कीका महासचिव यादवप्रसाद पोख्रेल, संस्थाका सल्लाहकार नगेन्द्र पोख्रेल लगायत थिए । व्यवसायिक हितका लागि भएको पहिलो पटकको भ्रमण फलदायि भएको आयोजक समितिका महासचिव तुलबहादुर थापाले जनाए । आगामी दिनमा स्याङ्जा, तनहुँ, लम्जुङ लगायतका स्थानमा पनि यस्तै खाले प्रवद्र्धनात्मक भ्रमण गरिने थापाले बताएका छन् ।

You might also like

Comments are closed.