समृद्ध सूर्य विनायकको लागि उम्मेदवारीः सरिता भट्टराई

भक्तपुर । सूर्य विनायक नगरपालिकाको समृद्धिका लागि आफूले उम्मेदवारी दिएको उपमेयर उम्मेदवार सरिता भट्टराईले बताएकी छन् ।

एमालेका तर्फबाट उपमेयर उम्मेदवार रहेकी उनले सूर्य विनायकबासीको आवश्यकता र विकासको निरन्तरताको लागि आफू प्रतिबद्ध रहेको बताइन् ।

चुनावी कार्यक्रममा बोल्दै उनले स्थानीय आधारभूत आवश्यकताको परिपूर्ति गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । व्यवस्थित समाजको निर्माण, जनगुनासो सुन्ने र समस्याको समाधान गर्ने, पालिकाको काम तथा कार्वाहीलाई प्रविधिमैत्री बनाउने उनका प्रतिबद्धता छन् ।

jutta mela

त्यसैगरी, कृषिमा आधुनिकीकरण र बजारीकरण गर्ने, सुन्दर तथा सफा एवं हराभरा पालिकाको परिकल्पनालाई साकार पार्ने, निस्वार्थ भावनाले सामाजिक कार्यमा सधैं सक्रिय रहने उनले बताइन् ।

विपत व्यवस्थापन, शिक्षा र स्वास्थ्यको लागि निरन्तर समर्पित हुने उनले जनाएकी छन् ।

एमालेबाट सूर्य विनायक नगरपालिकाको मेयरमा बाबुदेव थापा उम्मेदवार छन् ।

You might also like

Comments are closed.