अष्ट्रेलियाको शिक्षाबारे सम्पूर्ण जानकारी फेयरमाः सरिता गुरुङ

सरिता गुरुङ
पोखरा शाखा कोअर्डिनेटर, ग्लोबल रिच

पोखराको भाटभटेनीमा सञ्चालित ग्लोबल रिचले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल रिचको पोखरा शाखा स्थापनाको ५ वर्ष पुगिसकेको छ । शाखाले पोखरामा वर्षमा दुई पटक जनवरी र जुलाईमा फेयर गर्दै आइरहेको छ । माघ ४ गते शनिबार न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा ‘द बिगेष्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदैछ । यसैक्रममा ग्लोबल रिचका पोखरा शाखा कोअर्डिनेटर सरिता गुरुङसँग आर्थिक आवाजले गरेको कुराकानीः

विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिचका विशेषताहरु के-के छन् ?
उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने उद्देश्यले ग्लोबल रिच संचालन भएको हो । ग्लोबल रिच स्थापनाको २९ वर्ष पुगिसकेको छ । विश्वका विभिन्न स्थानमा गरेर यसका ४३ शाखा छन् । पोखरा शाखा सुरु गरेको करिब ५ वर्ष भइसकेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीका लागि ग्लोबल रिच सबैभन्दा नजिकको सारथी हो । हामीले सेवा तथा सुविधा बापत विद्यार्थीसँग कुनै पनि चार्ज लिदैनौं । निःशुल्क रुपमा परामर्श प्रदान गर्दै आइरहेका छौं । भिजा डकुमेन्टेसनमा पनि कुनै चार्ज लिदैनौं । परामर्श लिने तथा भिजा डकुमेन्टेसनमा कुनै शुल्क विद्यार्थीले तिर्नुपर्दैन । युनिभर्सिटीको ट्युसन फि र हेल्थ इन्सोरेन्स तिरे पुग्छ । अष्ट्रेलियामा रहेका विभिन्न युनिभर्सिटीसँग हामीले समन्वय गर्दै आइरहेका छौं । संसारमा नै उच्चस्तरका तथा टप्न सफल भएका युनिभर्सिटी त्यहाँ छन् । अष्ट्रेलियामा रहेका धेरैजसो युनिभर्सिटीको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हामी हौं । वेव साइडमा गएर सर्च गर्दा अथोराइज्ड डिलर ग्लोबल रिच हो भन्ने थाहा पाएर पनि हाम्रोमा धेरै विद्यार्थी आउने गरेको पाएका छौं ।

फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
जनवरी १८ अर्थात माघ ४ गते शनिबार न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा आठौं संस्करणको ‘द बिगेष्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदैछ । विद्यार्थीको लागि यो राम्रो अवसर हो । फेयरमा अष्ट्रेलियाका ८ वटा प्रशिद्ध युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेछन् । सिटी स्क्वायर पार्टी प्यालेसमा ११ बजेदेखि ४ बजेसम्म फेयर हुनेछ । अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीका प्रतिनिधि फेयरमा सहभागी हुँदैछन् । जहाँ विद्यार्थी तथा अभिभावकले युनिर्भसिटीका प्रतिनिधिसँग नै सिधा कुरा गर्न सक्नेछन् । जिज्ञासा राख्न र बुझ्न सकिनेछ । युनिभर्सिटीका प्रतिनिधिबाट विद्यार्थीले सत्य, तथ्य तथा धेरै भन्दा धेरै जानकारी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले फेयर आयोजना गरिएको हो । अष्टे«लियाको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी फेयरमा विद्यार्थीलाई प्रदान गरिनेछ ।

विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । हाम्रोमा भिजा सक्सेस रेट उच्च छ । हामीले विद्यार्थीलाई सत्य तथ्य जानकारी दिन्छौं । विद्यार्थी हामीबाट सन्तुष्ट हुनुहुन्छ । विद्यार्थीको रुची, क्षमता, चाहना अनुसारको विषय छान्न हामी परामर्श दिन्छौं । कुन कलेज तथा युनिभर्सिटीमा केकस्ता कोर्ष छन्, त्यसको क्राइटेरिया के छ, स्कलरसिपको व्यवस्था के कस्तो छ सबै प्रस्ट पार्छौ । कलेज तथा युनिभर्सिटी छान्न हामी सहयोग गर्दछौं । त्यहाँ गएपछि पनि विद्यार्थी सन्तुष्ट भएको हामीले पाएका छौं ।

धेरै विद्यार्थीको रोजाईमा अष्ट्रेलिया पर्नुको कारण के हो ?
अहिले अष्ट्रेलियाको लागि विद्यार्थीको आकर्षण बढिरहेको छ । अष्ट्रेलियामा धेरै राम्रा युनिभर्सिटी छन् । कोर्ष पनि धेरै छन् । विद्यार्थीले रुची अनुसारको कोर्ष पढ्न पाउँछन् । नर्सिङ, आइटी, इन्जिनियरिङ, विजनेस स्टडिज लगायतका विभिन्न कोर्ष छन् । जुन प्राय विद्यार्थीको रोजाईमा पर्ने गरेका छन् । नेपाल र अष्ट्रेलियाको मौसम पनि मिल्ने खालको छ । अध्ययन पश्चात उतै बस्न चाहने विद्यार्थीको लागि पिआरको व्यवस्था पनि राम्रो छ । विश्वमा नै नम्वर वान बन्न सफल ८ युनिभर्सिटी मिलेर ग्रुप अफ एट बनेको छ । हामी ती युनिभर्सिटीको पनि अथोराइज्ड रिप्रिजेन्टेटिभ हौं । ती युनिभर्सिटीले जुन पायो त्यही कन्सल्टेन्सीलाई अथोरिटी दिदैनन् ।

परामर्शको लागि ग्लोबल रिचमा विद्यार्थी किन आउने ?
ग्लोबल रिच पक्कै पनि अरु भन्दा फरक छ । ग्लोबल रिचले अष्ट्रेलियाका सबै युनिभर्सिटीको प्रतिनिधित्व गर्छ । हामीसँग धेरै युनिभर्सिटीको अथोरिटी छ । हामीले कुनै पनि चार्ज नलिई निःशुल्क प्रोसेसिङ गर्छौं । आइएलटिएसको कक्षा पनि सञ्चालन भइरहेको छ । हामीले विद्यार्थीलाई राम्रोसँग परामर्श दिन्छौं । सत्य, तथ्य जानकारी हामीले प्रदान गर्दै आइरहेका छौं । हामी क्वान्टिटी भन्दा क्वालिटीमा विश्वास गर्छौं । विद्यार्थीलाई गुणस्तरीय सेवा दिनु नै हाम्रो उद्देश्य हो । बजारमा प्रतिश्पर्धा धेरै छ । हामीलाई काम गर्न खासै अप्ठ्यारो छैन । ग्लोबल रिचको छुट्टै पहिचान छ । एउटा उत्कृष्ट ब्राण्ड बनिसकेको छ ।

पोखरामा ग्लोबल रिचको शाखा स्थापना गर्नुको उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीको रोजाईमा ग्लोबल रिच पर्छ । हाम्रो काठमाडौं शाखामा काउन्सिलिङ लिन पोखराबाट धेरै विद्यार्थी गएको हामीले पायौं । यसबाट हामीलाई पोखरामा नै शाखा सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो । पोखरा तथा आसपासका विद्यार्थीलाई सहज होस् भनेर नै हामीले पोखरामा शाखा सञ्चालन गरेका हौं । सन् २०१५ बाट हामीले यस शाखा सञ्चालनमा ल्याएका हौं । हामीले अष्ट्रेलियालाई लक्षित गरेर परामर्श सेवा प्रदान गर्दै आइरहेका छौं । पोखरा तथा आसापासका विद्यार्थीलाई सहज होस भनेर नै हामी पोखरा आएका हौं ।

You might also like

Comments are closed.