ओझा द डेली ग्लोबल नेशनको अन्तर्राष्ट्रिय शान्ति दूत नियुक्त

काठमाडौं । कवि एवं पत्रकार सरोज ओझा द डेली ग्लोबल नेशनको अन्तर्राष्ट्रिय शान्ति दूत नियुक्त भएका छन् । विश्वका करिब एक सय देशमा आफ्नो सञ्जाल बिस्तार गरेको अन्तर्राष्ट्रिय साहित्यिक संस्था ग्लोबल राईटर्स एकेडेमीको सिफारिसमा ओझा द डेली ग्लोबल नेशनको अन्तर्राष्ट्रिय शान्ति दूत नियुक्त भएका हुन् ।

बंगलादेशबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका ग्लोबल नेशनका कार्यकारी सम्पादक एवं प्रकाशक डा. रहमानले उनलाई एक वर्षका लागि अन्तर्राष्ट्रिय शान्ति दूत नियुक्त गरेका हुन् ।

jutta mela

विश्वभर संजाल बिस्तार भएको ग्लोबल राईटर्स एकेडेमीको सिफारिसमा विश्वका २८ देशका कुल ५१ जना कवि एवंं साहित्यकारहरुलाई ग्लोबल नेशनले अन्तर्राष्ट्रिय शान्ति दूत नियुक्त गरेको छ । विश्वका प्रख्यात कवि एवं साहित्यकार माझ आफ्नो राष्ट्रको नाम सहित स्वयंलाई उभ्याउन पाउदा वास्तवमै गर्व महशुस भएको बताउदै ओझाले यो अवसरका लागि आभार व्यक्त गरेका छन् ।

अंग्रेजी माध्यममा प्रकाशित हुँदै आएको ग्लोबल नेशनले ग्लोबल राईटर्स एकेडेमीसँगको सहकार्यमा विश्व साहित्यलाई स्थान दिदै विश्वका बहुचर्चित कवि तथा लेखकहरुका सिर्जना पस्कदै आएको छ । भारतको कोलकातामा मुख्यालय रही विश्वका विभिन्न देशमा फैलिएको ग्लोबल राईटर्स एकेडेमी मार्फत दैनिक जसो आफना रचनाहरु विश्व समुदाय माझ पस्कदै आएका ओझाले अंग्रेजीमा कथा एवं कविताहरु कोर्दै आएका छन् ।

तनहुँको व्यास ५ साँगेमा जन्मिएका ओझा बिगत दुई दशकदेखि पत्रकारिता र एक दशकदेखि अघिदेखि साहित्यकर्ममा सकृय छन् ।

You might also like

Comments are closed.