साथीमार्टको ११९ औं आउटलेट इमाडोलमा सञ्चालनमा आउँदै

काठमाडौं । नेपालकै ठूलो चेन साथीमार्टको आउटलेट ललितपुरको इमाडोलमा सञ्चालनमा आउने भएको छ ।

इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।

आउटलेट सात सय स्क्वायर फिटमा फैलिएको यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर लगायतका सामान उपलब्ध हुनेछन् । करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यो आउटलेट कम्पनीको १ सय १९ औं आउटलेट हुनेछ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

You might also like

Comments are closed.