काठमाडौं । नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टले मिलनचोक, इटहरीमा नेपालकै सबै भन्दा ठुलो आउटलेट संचालनमा ल्याएको छ । उधोग बाणिज्य सङ इटहरीका अध्यक्ष भिम पौडेलले श्रावण ३० गते शनिबार उद्घाटन गरेका हुन् । ओ टु ओ (अनलाइन टु अफलाइन) सुबिधा सहित इटहरीमा साथीमार्टको देशकै ठुलो आउटलेट सुरु भएको हो।
करिब ३ करोड रुपैयाँ लागतमा संचालित शाखामा साथीमार्टको प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (बितरण केन्द्र) समेत रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । इटहरीको फुलबारी लाइन स्थित मिलनचोकमा खुलेको मार्टको आउटलेट वयरहाउस सहित पाँच हजार बर्गफिट रहेको बताइएको छ। फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रा लि को पुर्ण स्वामित्वमा रहने नयाँ आउटलेटमा करिब तीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ। मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छुट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुबिधा रहने बताइएको छ । स्टोर पुर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले संचालन हुने नेपालकै पहिलो मार्ट हुने पोख्रेलको दावी छ। साथै ग्राहकलाई पिक अप सम्मको सुविधा प्रदान गर्ने पोख्रेल बताउँछन् ।
साथै ग्राहकहरुका लागि एन आइ सि एसिया बैंकबाट समान खरिद गर्दा २०% सम्मको छुटका साथै स्पिन द व्हील बाट उपहार जित्ने मौका रहेको र ग्राहकको लागि फोटो कन्तेस्त जस्बाट समाजीक सन्जलमा थप मनोरन्जन बढाउन सफल हुने साथीमार्ट प्रसासनले बाताए । त्यसका साथै यस अर्थीक बर्ष भित्र फ्रेन्चाइज बाहेक साथीमर्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा आउटलेट खोलिने पोख्रेलले बताए ।
Comments are closed.