सत्यदीप इन्टरनेशनललाई ‘प्रिमियम क्लाइन्ट’को अवार्ड

काठमाडौं । सत्यदीप इन्टरनेशनल प्रा.लि.ले ‘प्रिमियम क्लाइन्ट’को अवार्ड प्राप्त गरेको छ ।

‘केज पावर स्पोर्टस ब्याट्री’का लागि नेपालको आधिकारिक बिक्रेता सत्यदीपलाई केज ब्याट्रीको उत्पादक कम्पनीले सम्मान गरेको हो ।

चीनको ग्वाङझाउमा आयोजित एक कार्यक्रमबीच सत्यदीपका प्रवन्ध निर्देशक दीपेन्द्र मिश्रले अवार्ड ग्रहण गरेका छन् ।

jutta mela

नेपाली बजारमा केज ब्याट्रीलाई स्थापित गराउन भूमिका खेल्ने सम्पूर्ण ग्राहक तथा सत्यदीप परिवारप्रति मिश्रले आभार व्यक्त गरेका छन् । आफूहरु ग्राहकको सेवामा सधैं समर्पित रहेको उनले बताए ।

स्पेयर्स पार्टस, ब्याट्री, लुब्रिकेन्ट्सको लागि नेपाली बजारमा सन्त्यदीपले अग्रणी पहिचान बनाउन सफल छ ।

You might also like

Comments are closed.