पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा युवा व्यवसायी सौगातको उम्मेदवारी

पोखरा। पोखरा उद्योग वाणिज्य संघको जारी ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन अन्तर्गत उद्योग उपाध्यक्ष पदमा युवा व्यवसायी सौगात थापाले उम्मेदवारी दिएका छन्। शनिबार महाधिवेशनको औपचारिक उद्घाटन भएसँगै भोलि भदौ २१ गते आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।

संघमा २ कार्यकाल कार्यसमिति सदस्य रहेर काम गरिसकेका थापा पोखराको प्रतिष्ठित व्यावसायिक घराना ‘अंशुभारा ग्रुप’का प्रबन्ध निर्देशक हुन्। पोखरा ट्रेड मल र लेकसाइडस्थित बगैँचा रिसोर्टलगायत विभिन्न क्षेत्रमा उनको व्यावसायिक लगानी र सक्रियता छ।

‘नयाँ सोच र नयाँ अवसर, समृद्ध व्यवसायको आधार’ भन्ने मूल नाराका साथ थापा चुनावी मैदानमा उत्रिएका हुन्। उद्योगमैत्री नीति निर्माण, संघको गरिमा अभिवृद्धि र समग्र उद्योगी-व्यवसायीको हकहित संरक्षणका लागि आफ्ना प्रतिबद्धताहरू अघि सारेको थापाले बताएका छन्।

विशेष गरी युवा उद्यमशीलतालाई जोड दिँदै उनले भने, ‘युवा व्यवसायीहरूलाई प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्न मैले उम्मेदवारी दिएको हुँ। अग्रज तथा सम्पूर्ण उद्योगी(व्यवसायीहरूबाट अमूल्य मत प्राप्त गरी विजयी हुनेमा म पूर्ण विश्वस्त छु।’

You might also like

Comments are closed.