काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापाले ३५ वर्षमुनिका केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । कास्की-२ बाट महाधिवेशन प्रतिनिधि रहेका थापाले पार्टीलाई आधुनिक र गतिशील बनाउन नेतृत्वमा युवाको प्रवेश अनिवार्य रहेको बताएका छन्।
थापा अंशुभरा ग्रुपका निर्देशक हुन् भने हालै पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा निर्वाचित भएका छन् । यसअघि उनी पोखरा महानगर नेविसंघका सभापति र क्षेत्रीय प्रतिनिधि भइसकेका छन् । इन्फोम्याक्स कलेजबाट एमबीए गरेका थापाले महाधिवेशन स्थलबाट उम्मेदवारी घोषणा गर्दै थापाले राजनीतिमा युवा आकर्षण बढाउन भूमिका खेल्ने बताएका छन् ।
‘जेन–जी आन्दोलनले युवामा बढाएको राजनीतिक चासोलाई पार्टीको विचारसँग जोड्नुपर्ने दायित्व हामीसँग छ,’ उनले भने ।



Comments are closed.