काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फको उपाध्यक्ष पदमा सौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको प्यानलबाट उनले सोमबार एसोसिएट उपाध्यक्षमा मनोनयन दर्ता गरेका हुन् ।
नेपाली युवा उद्यमी मञ्च र नाडाका पूर्व अध्यक्ष ज्योतीले महासंघको बर्तमान कार्यसमितिमा कार्यकारिणी सदस्य तथा बैंकिङ, बित्त तथा बीमा समितिको सभापति भएर काम गरिरहेका छन् ।
ज्योती ग्रुपका निर्देशक सौरभले काम गर्नका लागि आफू महासंघमा उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । ‘हामी जहिले पनि परिवर्तन हेर्न चाहन्छौं,’ उनले भनेका छन्, ‘जुन परिवर्तन हामी हेर्न चाहन्छौं । त्यो परिवर्तन अब हामी गर्छौं ।’
Comments are closed.