काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका पूर्व अध्यक्ष एवं नाडाका पूर्व अध्यक्ष शौर्य शम्सेर राणाको निधन भएको छ । उनको आज बिहान निधन भएको छ ।
चार दिन अघि उनको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरिएको छ । उनको आजै पशुपति आर्यघाट (विद्युतीय सव दाह गृह)मा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
राणा तारा म्यानेजमेन्ट प्रालि, सिप्रदी कम्पनी, अमरावती कम्पनी, भोटे कोशी पावर कम्पनी लगायत कम्पनीमा आबद्ध भएर उनले काम गरेका थिए ।
Comments are closed.