सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होम बहादुर बस्नेत (राजकुमार) सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार मनोनयन दर्ताका क्रममा अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । १०औं अधिवेशनको निर्वाचन कार्यक्रम आगामी शनिबार हुँदैछ ।
१७ जना सदस्यका लागि ४२ जनाको उम्मेदवारी परेको छ । कार्यसमितिले १३ जना सदस्यलाई मनोनित गर्नेछ । निर्वाचित तथा मनोनित सदस्यहरुमध्येबाट पदाधिकारी चयन हुनेछ ।
Comments are closed.