काठमाडौं । नेपालका सुरक्षा निकायमा लामो समय सेवा पुर्याएका ६ पूर्वअधिकृतले प्रतिनिधि सभा प्रवेश गरेका छन् । तर उच्च ओहोदाका दुई पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चुनावी मैदानमा सफल हुन सकेनन् ।
रास्वपा बाट चुनावी मैदानमा उत्रेका पूर्वअधिकृतमध्ये अतिरिक्त महानिरीक्षकबाट अवकाश पाएका विश्वराज पोखरेल ओखलढुंगाबाट ५ मतको न्यूनतम अन्तरले विजयी भए । ‘सिंघम’ उपनामले परिचित पूर्वएसएसपी विक्रमसिंह थापाले २७ हजार ६३५ मत ल्याउँदै कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरे ।
पूर्वडीएसपी गोविन्द पन्थी, पूर्वसई शम्भु ढकाल र पूर्वनगरप्रहरी प्रमुख राजुनाथ पाण्डे पनि रास्वपा ब्यानरमा संसद प्रवेश गरेका छन् । रौतहट–२ बाट ३९ वर्षीय पूर्वप्रहरी मोहम्मद फिरदोस आलम पनि विजयी छन् ।
तर, यस निर्वाचनले पूर्वआईजीपी ध्रुवबहादुर प्रधान (नवलपरासी–२) र सर्वेन्द्र खनाल (बारा–४) लाई पराजित गराएको छ । यसबाट स्पष्ट देखिन्छ कि जनताले अनुभवलाई मूल्यांकन गरे पनि नयाँ दल र अनुहारलाई प्राथमिकता दिएका छन् ।






Comments are closed.