एसईईको नतिजा आज साँझ साढे ५ बजेपछि आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताए ।

एसईईको नतिजा प्रकाशन असार ६ गतेभित्र सार्वजनिक गर्ने कार्यतालिका बनेको थियो । तर शिक्षक आन्दोलनका कारण प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

You might also like

Comments are closed.