सेरेसको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्स

पोखरा । चिनियाँ ब्राण्डका विद्युतीय गाडी सेरेसको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्स प्रालि नियुक्त भएको छ । पोखराको नागढुंगामा थ्रि एस शोरुमसहित सेरेस गाडी बिक्री तथा बुकिङका लागि उपलब्ध छ ।

पोखरामा बिगत लामो समयदेखि अटोमोबाइल व्यवसायमा सक्रिय युवा व्यवसायीहरु मनोज थापा र राज बजीमयले सेरेस गाडीलाई पोखरा क्षेत्रमा बिक्री वितरणको सुरुवात गरेका हुन् ।

विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ ब्रान्डको सवारी साधन सेरेस ३ इलेक्ट्रिक एसयूभी पोखरा क्षेत्रमा लोकप्रिय बन्ने विश्वास गरिएको छ । लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा यो गाडीले आफ्नो क्षमताको प्रतिनिधित्व गर्ने कम्पनीले विश्वास लिएको छ । ९९ किलोवाटको मोटर पिक पावर र ५२.७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमीको रेन्ज प्रदान गर्ने बताइएको छ ।

सेरेज मिनी इभी सिटी क्षेत्रलाई लक्षित गरी उपलब्ध गराएको छ । यसको मूल्य १३ लाख ९९ हजार रुपैयाँबाट सुरु छ । सेरेस ३ को मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु छ ।

बिक्री पछिको सेवालाई प्राथमिकता राखेर काम गरिएको बजिमयले बताए । नेपालका लागि सेरेसको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प हो ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ ।

१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियरेन्स छ । गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेयरिङ मोड प्रदान गरेको छ । इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था छ ।

१०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेनंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ।

चिनियाँ नम्बर वान ब्राण्ड च्याङयाङको पिकअप पनि थापा मोटर्सले पोखरामा उपलब्ध गराएको छ ।

You might also like

Comments are closed.