काठमाडौं । सेरेस ब्रान्डको बारेमा फैलिएका हल्लाहरूको बारेमा स्पष्ट गर्दै ब्रान्डले नेपालमा आफ्नो सेवा निरन्तर रूपमा प्रदान भइरहेको र ग्राहकको विस्तास जित्ने काम भइरहेको जनाएको छ ।
नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र होइन, छिट्टै नै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीसमेत भइरहेको जानकारी दिएको छ । यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत बनाएको कम्पनीको दावी छ ।
‘एमएडब्ल्यू अटोमोबाइलले गर्वका साथ आफूलाई नेपालको नम्बर १ अटोमोबाइल कम्पनीका रूपमा प्रस्तुत गरेको छ, जसको बलियो बिक्री र सेवा संरचनाले सेरेसका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पु¥याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू वितरण भई सञ्चालनरत छन्, जुन ग्राहकहरूको बढ्दो विश्वास र सेरेसप्रतिको सन्तुष्टि दर्शाउने प्रमाण हो ।’
इलेक्ट्रिक भेहिकलका क्षेत्रमा प्रवेश गरेदेखि नै एमएडब्ल्यू वृद्धिले एक स्थायी ग्राहक वर्ग निर्माण गरेको छ र नेपालको दिगो यातायाततर्फको यात्रामा उल्लेखनीय योगदान पु¥याएको जनाइएको छ । ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराइएको छ ।
देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन् । सेरेस गाडीहरू अहिले देशभर फैलिएको १२२ वटा चार्जिङ स्टेसनको सञ्जालबाट सशक्त रूपमा समर्थित छन् जसले इभी गाडीधनीहरूलाई सहज र सजिलो पावर एक्सेस प्रदान गरिरहेको छ।
‘अगाडिको कुरा गर्दा, सेरेस ग्राहकसँगको आफ्नो साथ केवल खरिदको समयसम्म सीमित नरहने वाचा गर्दछ । नयाँ अफरहरू, सजिलो सर्भिसिङ, निरन्तर सहयोग र अन्य धेरै सुविधा र यी सबैका बीचमा सेरेस एक्सपिरियन्स सधैंभरि ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नेछ र नेपाललाई दिगो यातायाततर्फ डोर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेलिरहनेछ,’ कम्पनीले भनेको छ ।
Comments are closed.