काठमाडौं । कोरोना महामारीको समयमा अक्सिजन अभाव बढिरहेको अवस्था छ । अक्सिजन अभावको बर्तमान अवस्थालाई मध्यनजर गर्दै व्यावसायिक घराना एसजी ग्रुपले ‘पोटेबल अक्सिजन ब्याग’ चीनबाट नेपाल ल्याएको छ । सजिलै प्रयोग गर्न सकिने यो ब्याग नेपाली बजारमा उपलब्ध भइसकेको ग्रुपका सञ्चालक सुगम घिमिरेले जानकारी दिए ।
एसजी गुपले चीनबाट अक्सिमिटर, अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर ल्याएको हो । ‘ल्याइएका सामग्रीहरूमध्ये अक्सिजन ब्याग नेपालका लागि नयाँ हो,’ उनले भने, ‘यो अक्सिजन ब्याग अक्सिजन बोकेर हिँड्न मिल्ने खालको हुनेछ ।’ ब्यागमा अक्सिजन हुने भएकाले मोटरसाइकल, साइकल तथा हिड्दा सडकमा समेत प्रयोग गर्न मिल्ने खालको उपकरण भएको उनले बताए ।
‘यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु¥याउनुपर्ने संक्रमितका लागि उपयोगीका रुपमा ब्यागको प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘अन्य मुलुकमा यस्तो ब्याग आपत्कालीन उपचारका लागि प्रभावकारी सावित हुँदै आएकोछ ।’
कोरोना भाइरस संक्रमितलाई उपचारमा सहजताको लागि ‘पोटेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको घिमिरे बताउँछन् । व्यवसायी घिमिरेले घरघरमा ठुलो मात्रामा अक्सिजन सिलिन्डर होल्ड गर्नु भन्दापनि पोटेबल अक्सिजन ब्याग’ प्रयोग गर्दा अस्पतालहरूमा देखिएको अक्सिजन अभाव कम गर्न मद्दत पुग्ने र उच्च जोखिममा रहेका कोरोना संक्रमितहरु जसलाई धेरै अक्सिजन आवश्यक छ उनीहरूले पनि सहज रूपमा अक्सिजन पाउन सक्ने बताए ।
यो विषम परिस्थितिमा अक्सिजनको माग लाई धान्न कठिन भइरहेको बेला पोटेबल अक्सिजन ब्याग’ प्रभावकारी बन्न सक्छ । यो पोटेबल अक्सिजन ब्याग’ घरघरमा र आइसोलेसन सेन्टरमा पनि प्रयोग गर्न सकिने बताए ।
के–के विशेषता छ ?
१, प्रत्येक ब्यागको मूल्य ८ सय ७५ (मूल्य अभिवृद्धि कर सहित) ।
२, १० लिटरको सिलिन्डर अक्सिजनले औषतमा १५ वटा ब्याग भर्न सकिने ।
३, पुनः प्रयोग गर्न सुरक्षित ।
४, बोक्न र ढुवानी गर्न सजिलो ।
५, सजिलै भर्न सकिने
६, एक पटकमा ०.६७ लिटर अक्सिजन भर्न सकिने ।
७, ५ मिनेट ३० सेकेण्डमा एउटा ब्याग भर्न सकिने ।
८, एउटा ब्यागले ४५ मिनेट देखि एक घण्टासम्म धान्ने ।
९, एभरेज फ्लो रेटियो २ लिटर
कसरी भर्ने/प्रयोग गर्ने ?
१, यसलाई अक्सिजन सिलिन्डर वा कन्सन्ट्रेटरले भर्न सकिने छ । त्यसैले सबैभन्दा पहिला यी दुई कुराको जोहो गर्ने । र भर्न सुरु गर्ने । भर्ने समयमा निम्न कुरामा ध्यान दिने ।
प्रवाह अनुपातः ५ लि.
चाप : १५० kgf/cm2 वा सो भन्दा मूनि
५ मिनेटसम्म कुर्ने
२, ब्यागमा अक्सिजन भर्नको लागि निलो पाइपको प्रयोग गर्ने । ब्याग भरिसके पछि यसलाई रोलरको प्रयोग गरेर यसलाई बन्द गर्ने । त्यसपछि निलो पाईपको ठाउँमा ‘नसाल क्यानल’ को प्रयोग गर्ने ।
३, त्यसपछि अक्सिजन नाक वा मुखको माध्यमबाट ग्रहण गर्ने ।
४, ब्यागबाट प्राप्त अक्सिजनले ४५ मिनेट देखि १ घण्टा सम्म धान्ने छ ।
५, ब्यागलाई थिच्ने (प्रेर्सर) दिएर त्यसबाट छिटो गति अक्सिजन पनि प्राप्त गर्न सकिने छ ।
कसरी सुरक्षित गर्ने ?
१, ब्यागमा अक्सिजन भर्ने समयमा धारीलो बस्तु वा प्रज्वलनशी बस्तु भन्दा टाढा राख्ने ।
२, अक्सिजन भरिसकेपछि धेरै ‘प्रेसर’ नदिने ।
३, धारीलो बस्तु तथा बालबालिकाले नभेट्ने ठाउँमा भण्डारण गर्ने ।
ब्यागबाट प्राप्त हुने अक्सिजन अत्यावश्यक सेवाका लागि प्रयोग गर्न उत्तम हुने सञ्चालक घिमिरेले बताएका छन् । विरामीको अवस्था नाजुक हुँदै गएमा ब्यागबाट प्रवाह हुने अक्सिजनले काम नगर्ने हुँदा तुरुन्तै डाक्टरलाई सम्पर्क गरेर विरामीको अवस्था बारे जानकारी गराउने वा अस्पताल लानुपर्ने उनको भनाइ छ । साथै ०१५५४२९३४, ९८५११३४७८२ र ९८५११३२४७९ मा सम्पर्क गरेर ब्याग खरिद र यसको बारेमा जानकार लिन सकिने बताइएको छ ।




Comments are closed.