काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको माघ २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापुँजीको ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।
बैंकको आव २०७८.७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४९ प्रतिशत गरी कुल ८.९८३ प्रतिशत सेयरधनिलाई लाभांश वितरण प्रस्ताव गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई बितरण गरिने छ ।
Comments are closed.