सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको लैनचौरमास्थित लैनचौर ब्याङ्क्वेटमा बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको हो ।साथै बैंकको साधारण सभाबाट सञ्चालक समितिले प्रताव गरेको बोन सेयर पारित गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ३५लाख २२ हजार २१३.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित साधारण सभाले गरेको छ । साथै आ.व. ०७८/७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साथै, सोही साधारण सभा मार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
संस्थापक समूहबाट उज्जवल सत्याल, सुशिल काजी बानिया, सुजन सिद्धि बज्राचार्य निर्विरोध निर्वाचन भएका छन् भने सर्वसाधारण समूहबाट गंगा सागर ढकाल, लिसा शेरचन, नरेश ढुंङगाना निर्विरोध निर्वाचित भएका छन् ।

jutta mela

यस बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.