सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा बिशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरिएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बंैकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिनसक्ने विश्वास बैंकले लिएको छ ।

lcci
You might also like

Comments are closed.