तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकक लि. ले साइकल र्याली आयोजना गर्ने भएको छ । “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेको हो । सो साइकल ¥यालीमा सहभागी हुन चाहनेले जेठ १६ गते सम्मा यस लिंक https://www.shangrilabank.com/cyclerally/ मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न बैंकले अनुरोध गरेको छ ।

साइकल र्याली जेठ १९ गते बिहान ७ः०० बजेदेखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ ।

साइकल र्यालीले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने बैंकले विश्वास लिएको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ”  भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिदैँ जाने जनाएको छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने छ ।

lcci
You might also like

Comments are closed.