सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

 

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाइएको छ  । सोमबार बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा शुभकामना आदान प्रदान सहित विभिन्न कार्यक्रम गरिएको हो ।

वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको बताइएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

You might also like

Comments are closed.