सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा साइकल ¥याली हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व बातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल ¥यालीको आयोजना गर्ने भएको छ । बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल ¥याली सफलतापूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल ¥याली, २०८०” को आयोजना गर्न लागेको हो ।

“इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल ¥यालीमा बैंकका कर्मचारी, ग्राहक, शेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको छ ।
साइकल ¥याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंककै वालुवाटार स्थित केन्द«ीय कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल ¥यालीबाट बैंकले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरि प्रदुषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । यसर्थ, यस साइकल ¥यालीमा सम्पूर्ण शुभेच्छुकलाई सहभागीताको निम्ति नाम दर्ता गर्न समेत बैंकले आग्रह गरेको छ ।

यस ¥यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । ¥यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ । यसैगरि, ¥यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिने बैंकले जनाएको छ । यस साइकल ¥यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको बताइएको छ ।

jutta mela

साथै, यस साइकल ¥यालीको सम्पूर्ण विवरणकोे निम्ति यस बैंकको आधिकारीक वेवसाइट www.shangrilabank.com मा गई जानकारी लिनुहुन तथा दर्ता गर्नको लागि https://www.shangrilabank.com/cyclerallyमा गई दर्ता गर्न सकिने बैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.