संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धी कार्य गर्दै आएकोमा बैंकले महिला आदर्श सेवा केन्दलाई पनि सहयोग गरेको हो ।

महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यसबीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द«लाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका हुन् । सहयोगले उक्त केन्द्रलाई सामाजिक काम गर्न मद्दत पुगेको महिला आदर्श सेवा केन्द्रका अध्यक्ष निरु श्रेष्ठले बताइन् ।

सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.