सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डिजिटिल लिड डिस्प्ले शुरु

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले डिजिटिल लिड डिस्प्ले शुरु गरेको छ । बिजनेश हाउस र ग्राहकलाई जोड्न डिस्प्ले शुरु गरिएको हो । विभिन्न सर्भिस र प्रोडक्टका वारेमा ग्राहकलाई जानकारी लिन यसले सहज बनाउने बताइएको छ ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा यसको शुरुवात गरिएको छ । सेवा तथा सुविधाका वारेमा ग्राहकलाई जानकारी दिने उद्देश्यले यसको शुरुवाग गरिएको बैंकले जनाएको छ ।

साथै वित्तीय साक्षरता र डिजिटल बैकिङलाई प्रवद्र्धन गर्न बोर्डको प्रयोग गरिनेछ ।

jutta mela

युनिलिन ग्रुपको नेपालका लागि आधिकारिक पार्टनर पिक्सल टचले बैंकसँग डिजिटल डिस्प्लेका लागि सहकार्य गरेको छ । बैंकले शुरु गरेको यस डिस्प्लेबाट बाटो हिड्ने मानिस तथा सर्वसाधरणलाई सन्देश प्रवाह गर्न सहज हुने पिक्सल टचको विश्वास छ । डिजिटल एलइडि डिस्प्लेले ग्राहकसँग पुग्न महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।

 

You might also like

Comments are closed.