उत्तरढोका काठमाडौंमा साँग्रिला मोटर्सले खोल्यो सिट्रोएन, लिपमोटर र प्यूजोसहितको प्रिमियम शोरूम

मल्टी–ब्राण्ड डिलरशिपको साथ स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ । यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साँग्रिला मोटर्स प्रा.लि.द्वारा सञ्चालन हुनेछ । काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरू—सिट्रोएन, लिप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ । जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्नेछ।

नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साँग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरिन् ।

‘नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो । हामी साँग्र्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं । यो नयाँ शोरूममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ,’ उद्घाटन समारोहमा शैलेश हजेÞलाले भने ।

नयाँ शोरूमले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित रही काम गर्ने हेमन्त गोल्छाले बताए ।

साँग्रिला मोटर्स प्रा.लि. गोल्छा अर्गनाइजेशनको पाँच दशकभन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो ।
स्टेलान्टिस एन.भी. विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो । जसले आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिको प्रयोग गर्दै स्वतन्त्र गतिशीलताको अधिकार सुनिश्चित गर्न समर्पित छ । यसका ब्राण्डहरूमा अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोएन, डज, डीएस अटोमोबाइल्स, फिएट, जीप, लान्सिया, मासेराटी, ओपेल, प्यूजो, राम, भक्सहल, फ्रीटुमुभ र लेइसिज सामेल छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.