सांग्रिला भिलेज रिसोर्टद्वारा ‘सेन्चुरी गुर्मे बार’ पुनः सञ्चालनमा

पोखरा । सुन्दर नगरी पोखरामा रहेको सांग्रिला भिलेज रिसोर्टले ‘सेन्चुरी गुर्मे बार’ पुनः सञ्चालनमा ल्याएको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी बार पुनः सञ्चालनमा ल्याइएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रेसिडेन्ट म्यानेजर गुप्त गिरीले जानकारी दिए ।

‘सुन्दर रुपमा फैलिएको गार्डेन, पृथक तथा आकर्षक बनावटसहितको स्विमिङ पुलको नजिक रहेको रमणीय सेन्चुरी गुर्मे बारलाई विशेष सुविधाका साथ पुनः सञ्चालनमा ल्याएको जानकारी गराउन पाउँदा हामी हर्षित छौं,’ गिरीले भने, ‘खुल्ला तथा स्वच्छ वातावरणमा लाइभ कुकिङ (पर्यटककै अगाडि परिकार तयार पारिने) का माध्यमबाट परिकारहरु पस्कनेछौं ।’

आन्तरिक पर्यटकलाई लक्षित गरी रिसोर्टले विशेष अफरसहितका विभिन्न प्याकेजहरुसमेत ल्याएको गिरीले जानकारी दिए । सन् १९९६ बाट सुचारु भएको सांग्रिला भिलेज रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल छ । पोखरा क्षेत्रको उत्कृष्ट होटलमा पर्ने यो रिसोर्टमा प्रिमियम र सुपरडिलक्स गरी ६१ वटा रुम छन् ।

jutta mela

साँग्रिला भिलेज रिसोर्टमा पुग्ने पर्यटकलाई त्यहाँको सुन्दर, शान्त वातावरणले निकै आकर्षित गर्छ । रिसोर्टका कर्मचारीको न्यानो आतिथ्यता मात्रै होइन त्यहाँको सुन्दर बर्गैचा, खुल्ला स्पेसले यहाँ आउने पर्यटकहरु प्रफुल्लित हुने गरेको गिरी बताउँछन् ।

२५ रोपनी जग्गामा बनेको रिसोर्टमा ५५ हजार स्वायर फिटमा आकर्षक बगैंचा छ । त्यतिमात्रै होइन प्रत्येक रुमबाट हिमालयको सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ । ‘पर्यटकले होटलको स्ट्याण्डर्ड पनि खोज्छन् । पारिवारिक वातावरण पनि चाहन्छन्,’ गिरी भन्छन्, ‘पर्यटकले खोजेको जस्तो सेवा हामीले प्रदान गरिरहेका छौं ।’

You might also like

Comments are closed.