पर्यटकको रोजाईमा परेको सांग्रिला भिलेज रिसोर्ट, यस्तो छ नयाँ प्याकेज

पोखरा । पर्यटकीय नगरी पोखरा क्षेत्रको उत्कृष्ट होटलमा पर्ने सांग्रिला भिलेज रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ । रिसोर्टले समय समयमा पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरुसमेत ल्याउने गरेको छ । यसैक्रममा रिसोर्टले ‘जाउँ है सांग्रिला’ अफर ल्याएको छ ।

रिसोर्टले एक जोडीको २ रात ३ दिनको लागि १४ हजार ४ सय ४४ रुपैयाँको अफरसहितको प्याकेज ल्याएको हो । ब्रेकफास्ट, डिनर, एयरपोर्ट तथा बसपार्क पिकअप र ड्रप, फुट रिफ्लेक्सोलोजी ३० मिनेट प्याकेजमै समावेश गरिएको छ । यो प्याकेजमा होटल आउने पर्यटकले बारमा ४० प्रतिशत र स्पामा २० प्रतिशत छुट पाउनेछन् । फुड एण्ड वेभरेजमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको रेसिडेन्ट म्यानेजर गुप्त गिरीले जानकारी दिए । पोखरा क्षेत्रको उत्कृष्ट होटलमा पर्ने यो रिसोर्टमा प्रिमियम र सुपरडिलक्स गरी ६१ वटा रुम छन् ।

jutta mela

ट्राभलर्स च्वाइस अवार्ड बिजेता रिसोर्ट

साँग्रिला भिलेज रिसोर्टले वर्षेनी ट्राभलर्स च्वाइस अवार्ड पाउदै आएको छ । प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले सन् २०२० का लागिसमेत रिसोर्टलाई उक्त अवार्ड प्रदान गरेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्न सफल रिसोर्ट निकै सुविधा सम्पन्न तथा आकर्षक छ । नियमित रुपमा उक्त अवार्ड प्राप्त गर्दा निकै खुसी लागेको गिरी बताउँछन् । ‘रिसोर्टले अवार्ड प्राप्त गर्नुको मुख्य श्रेय हामी हाम्रा अतिथिहरुलाई दिन्छौं,’ उनी भन्छन्, ‘हाम्रो पुरै टिम हाम्रा अतिथिहरुसँग निकै आभारी छौं । हामी आगामी दिनमा हाम्रा अतिथि पाहुनाहरुलाई अझै राम्रो आतिथ्य सत्कार गर्नका लागि आतुर छौं ।’

५५ हजार स्क्वायर फिटमा आकर्षक बगैंचा

साँग्रिला भिलेज रिसोर्टमा पुग्ने पर्यटकलाई त्यहाँको सुन्दर, शान्त वातावरणले निकै आकर्षित गर्छ । रिसोर्टका कर्मचारीको न्यानो आतिथ्यता मात्रै होइन त्यहाँको सुन्दर बर्गैचा, खुल्ला स्पेसले यहाँ आउने पर्यटकहरु प्रफुल्लित हुने गरेको गिरी बताउँछन् ।

२५ रोपनी जग्गामा बनेको रिसोर्टमा ५५ हजार स्वायर फिटमा आकर्षक बगैंचा छ । त्यतिमात्रै होइन प्रत्येक रुमबाट हिमालयको सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ । ‘पर्यटकले होटलको स्ट्याण्डर्ड पनि खोज्छन् । पारिवारिक वातावरण पनि चाहन्छन्,’ गिरी भन्छन्, ‘पर्यटकले खोजेको जस्तो सेवा हामीले प्रदान गरिरहेका छौं ।’

साँग्रिला ग्रुप अन्तर्गत नै कास्कीको लेखनाथमा लस होराइजन ब्राण्डबाट नयाँ होटल खुल्दैछ । यो होटल २०२१ को अन्त्यसम्म सञ्चालनमा आउने तयारीमा छ ।

You might also like

Comments are closed.