पोखरा । साँग्रिला भिलेज रिसोर्ट पोखराले क्रिसमस तथा अँग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा विशेष छुटसहितको प्याकेज सार्वजनिक गरेको छ । २ रात ३ दिनको बसाईंका लागि डबल अकुपेन्सीको १६ हजार ९ सय ९९ रुपैयाँ र सिंगलका लागि १३ हजार ९ सय ९९ रुपैयाँको प्याकेज रिसोर्टले ल्याएको हो ।
प्याकेजमा दुवै दिन ब्रेकफास्ट, क्रिसमसको समयमा क्रिसमस डिनर र न्यु इयर इभमा गाला डिनर समावेश गरिएको छ । रिसोर्टमा आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्नका लागि न्यु इयर इभको दिन विशेष सांगीतिक कार्यक्रम हुनेछ ।
पोखरा आउने पर्यटकलाई लक्षितगरी विशेषा प्याकेज सार्वजनिक गरिएको रेसिडेन्स म्यानेजर गुप्त गिरीले जानकारी दिए । रिसोर्टमा ६१ वटा रुम छन् ।







Comments are closed.