काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक २७.२९ अंकले वृद्धि भई २६५७.१९ अंकमा पुगेको छ। बजार उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
आज ३२२ कम्पनीका १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन आइतबार भने ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आजको कारोबारमा मकर जितुमाया हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी, विध्यवासीनी हाइड्रोपावर, र मायाखोला हाइड्रोपावर लगायत ८ कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।
यस दिन १९० कम्पनीका सेयर मूल्य बढेका छन् भने ५७ कम्पनीका सेयर मूल्य घटेका छन्। एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Comments are closed.