काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन तथा नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन बिहिबार शेयर बजार नेप्सेमा उत्साह देखिएको छ ।
बुधबार ३४.६१ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ७८.३१अंकले बढेकाे छ । यसदिन २.७१ प्रतिशतले बढेर नेप्से २८ सय ७० दशमलव ६३ बिन्दुमा पुगेकाे छ ।
यसदिन नेप्सेसँगै काराेबार रकम पनि बढेकाे छ । आज ३११ कम्पनीकाे ३ कराेड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १६ अर्ब ५९ कराेड, २१ लाख ५ हजार रूपैयाँमा काराेबर भएकाे हाे ।
बुधबार ३३० कम्पनीका ४ कराेड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर १४ अर्ब ३ कराेड ४८ लाख ३९ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे थियाे ।
आज सबै सुचकमा हरियालि छाएकाे छ । यसदन अन्य समुह सर्वाधिक ५.३७ प्रतिशतले बढेकाे छ भने लगानी समुह ३.३३, जीवन बीमा ३.१९, जलविद्युत ३.१५ र उत्पादन तथा प्रशाेधन समुह २.९३ प्रतिशतले बढेका छन् ।
Comments are closed.