काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सकारात्मक उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३१.४९ अंकले बढेर १.०५ प्रतिशतको वृद्धि सहित ३,०२९.८० बिन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकमा सुधार भए पनि कारोबार रकम भने घटेको देखिएको छ । आज ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
हिजोको तुलनामा कारोबारमा गिरावट आएको हो । हिजो ४ करोड ४१ लाख कित्ता सेयर किनबेच भई १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो । आजको कारोबारमा विकास बैंक र फाइनान्स समूहमा गिरावट देखिए पनि अन्य सबै उपसमूहहरूमा हरियाली छाएको छ ।
विशेष रूपमा अन्य समूह २.६९%, माइक्रोफाइनान्स १.५७%, बैंकिङ १.१४%, लगानी १.०९%, नीर्जीवन बीमा १.०८%, ले उल्लेखनीय वृद्धि गरेका छन् । बजारमा लगानीकर्ताको विश्वास र सक्रियता बढ्दो देखिएको विश्लेषकहरूको धारणा छ ।
Comments are closed.