सेयर बजार घट्दा कारोबार रकम कतिमा रोकियो ?

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकको गिरावट आएको छ ।  आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले घटेर २,५२८ को विन्दुमा कायम भएको छ ।  आज ०.७६ प्रतिशतले घटेकाे नेप्से २५ सय २८ दशमलव १६ बिन्दुमा राेकिएकाे छ।

आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शुभम पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

You might also like

Comments are closed.