नेप्से २५ सय विन्दुबाट झरेर २४८७ विन्दुमा रोकियो

काठमाडौं  ।  बिहीबार सेयर बजार  १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ । बजारमा ७६ लाख कित्ता सेयर बिक्री भएसँगै कारोबार रकम ३ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ ।

आज बजारमा १९७ वटाको मूल्य घट्दा, ४५ वटाको मूल्य बढेको र ९ वटाको सेयर अघिल्लो मूल्यमै कारोबार भएको छ ।  बढेको सेयरमध्ये हिमालयन पावर पार्टनरको मूल्य ९.९३ प्रतिशतले उकालो लागेको छ भने बाँकी सेयरहरू ५.६९ प्रतिशतसम्म मात्र बढेका छन् ।

समाज लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। बाँकी सेयरहरूको मूल्य ७.३३ प्रतिशतसम्म घटेको नेप्सेले जनाएको छ । कारोबार रकम पनि घट्दै गएको छ । सर्वाधिक कारोबार मुक्तिनाथ विकास बैंकमा १५ करोड, नेपाल पुनर्बीमा १३ करोड र शिवम् सिमेन्टमा ११ करोड रुपैयाँको खरिदबिक्री भएको छ ।

You might also like

Comments are closed.