नेप्से परिसूचक ६२ अंकले बढ्दा कारोबार रकम साढे ४ अर्ब

काठमाडौं । आज शेयर बजार नेप्से ६२.२९ अंकले बढेर २,५७१ विन्दुमा पुगेको छ । २३६ कम्पनीको शेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ ।

आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयरमा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भयो । सबैभन्दा बढी कारोबार हिमालयन पावर पाटर्नरको २४.९४ करोड, यूनियन हाइड्रोपावरको २३.२२ करोड र राधि विद्युतको २१.९८ करोडमा कारोबार भयो ।

लगानीकर्ताले सबैभन्दा बढी न्यादी हाइड्रोपावर १०%, बुटवल पावर ९.९९% र एक्सेल डेभलपमेन्ट बैंक ९.९८%मा लाभ कमाए । सबैभन्दा बढी घाटा हिमालयन पावर पाटर्नर ६.३६% मा भयो ।

You might also like

Comments are closed.