आज सेयर बजारमा हरियाली, यी कम्पनीमा भए उच्च कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसुचक १५.७० अंकले बढेर २५ सय ६६ दशमलव ०७ बिन्दुमा पुगेको छ । सोमबार ९. ७८ अंकले घटेको सेयर बजार आज दाहोरो अंकले बढेको हो ।

आज सबै समुहको सेयर बढेकोमा होटल तथा पर्यटन समुह १.२८, विकास बैंक समुह १.२५, लगानी समुह १.०३ प्रतिशत बढेको छ । आज सागर डिष्टिलरी र माबिलुङ इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्कीट लागेको छ भने बुंगल हाइड्रो, झापा इनर्जी, बन्दीपुर केवलकारको सेयर मूल्य ९।९९ प्रतिशत बढेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । यसदिन ३४५ कम्पनीको २९ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० करोड ५४ लाख ६ हजार रूपैयाँका किनबेच भएको छ ।

हिजो ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.