सेयर बजारमा हरियाली, नेप्से परिसूचक २७ सय बिन्दुले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेको छ । आज नेप्से परिसूचक २७ सय बिन्दु पार गरेको छ । नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा पुगेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार अवधिभर ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच भयो ।

यस दिन सबै सूचकमा हरियाली छाएको छ । १८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ ।

You might also like

Comments are closed.