पाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा झरेको छ। अर्थतन्त्रमा देखिएको सुस्तता र माग नबढ्दा लगानीकर्ताको मनोबल कमजोर बनेको हो ।
आइतबार ३२३ कम्पनीको सेयर कारोबार हुँदा १७१ कम्पनीको मूल्य घट्यो भने ७९ कम्पनीको बढ्यो । विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
७९ हजार कारोबारबाट ५ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो कारोबार दिनभन्दा बढी हो। सूचक घटे पनि कारोबार रकम बढेकाले बजारमा सेयरको माग कायम रहेको देखिएको छ ।



Comments are closed.