सेयर बजारमा ब्रेक: नेप्से १३ अङ्कले घट्दा कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं ।  दुई कारोबार दिनदेखि बढिरहेको सेयर बजारमा बुधबार भने गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक १३.३५ अङ्कले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ ।

बजार ओरालो लागेसँगै लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहँदा कारोबार रकममा पनि  गिरावट आएको छ ।  मंगलबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब १७ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।

यस दिन ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढ्यो भने एसवाई प्यानल नेपालको मूल्य सबैभन्दा बढी ८.४५ प्रतिशतले घट्न पुग्यो ।

कारोबार रकमका आधारमा पनि २६ करोड ९४ लाखसहित एसवाई प्यानल नै अग्रस्थानमा रह्यो भने उपसमूहगत रूपमा वित्त र व्यापार बाहेकका सबै ११ समूह राताम्मे देखिए, जसमा होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.४२ प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.