नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २.४१ अंकले बढेर २६ सय १६ दशमलव ९७ विन्दुमा पुगेर रोकिएको छ ।

परिसूचकमा हल्का वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । आज ३२९ कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार ३२४ कम्पनीका १ करोड ५९ लाख कित्ता सेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको थियो । यसले परिसूचकमा सामान्य सुधार देखिए पनि लगानीकर्ताको कारोबार उत्साह केही घटेको संकेत गरेको छ ।

You might also like

Comments are closed.