सेयर बजार उकालो यात्रामा ११ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । आइतबार सेयर बजार सामान्य बढेको छ । आज सेयर बजारमा नेप्से परिसूचक ५.९८ अंकले बढेर २६६४ बिन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम समेत बढेको छ । आज १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भयो ।

कुल १३ उपसूचकमध्ये ७ उपसूचकमा हरियाली छायो भने बाँकी राताम्य बन्यो । यसदिन लगानी र जलविद्युत समूहमा लगानीकर्ता आकर्षित देखिए ।

यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९।९९ प्रतिशतले बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य १०४२।५० रुपैयाँ पुगेको छ भने क्रेस्ट माइक्रो लाइफको मूल्य ८६१ पुगेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्रोपावर बुटवल पावर कम्पनी,प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्स, एचआईडीसीएल , निफ्रा लगायत कम्पनीको मूल्य बढेको छ ।

You might also like

Comments are closed.