काठमाडौं । मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापक नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ बिन्दुमा झरेको छ ।
नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि संकुचन आएको छ । आज ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा कुल ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसूचकमध्ये १० उपसूचक ओरालो लागेका छन् भने ३ उपसूचक मात्र बढेका छन् । आज कारोबार भएका कम्पनीमध्ये ७७ वटाको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य भने स्थिर रह्यो ।
यस दिन युनिभर्सल पावर कम्पनीको सर्वाधिक ६७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
Comments are closed.