निर्माण क्षेत्रमा अग्रणी पहिचान बनाएको ‘शर्मा एण्ड कम्पनी’ ५८औं वर्षमा प्रवेश

काठमाडौं । नेपालको निर्माण क्षेत्रमा लामो अनुभव हासिल गरेको शर्मा एण्ड कम्पनी ५८औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सेयरधनी, बैंक वित्तीय संस्थाहरु, सम्बन्धित निकायहरु, सहयात्री, सहयोगी, सहकर्मी तथा कर्मचारीहरुप्रति आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

५७ वर्षको इतिहासमा नेपालको निर्माण क्षेत्रमा कम्पनीले उल्लेखनीय योगदान पुर्याउन सफल भएको प्रवन्ध निर्देशक रमेश शर्मा बताउँछन् । ‘निर्माण क्षेत्रमा करिब ६ दशकको अनुभव हासिल गर्दा देशका ठूलाठुला प्रोजेक्टहरु हामीले निर्माण गरिसकेका छौं,’ उनले भने, ‘गुणस्तरीय र भरपर्दो निर्माणका लागि हाम्रो कम्पनी स्थापित नाम हो ।’

शर्मा एण्ड कम्पनीले ३ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । राजधानी काठमाडौंमा मेडिसिटी अस्पताल, वीर अस्पतालको नयाँ भवन, कमल पोखरीको सिटी सेन्टर, सिंहदरबार अगाडिको वाणिज्य बैंक लगायतका भवनको निर्माण शर्मा एण्ड कम्पनीले नै गरेको हो ।

विशाल नगरको सेन्टरपार्क अपार्टमेन्ट, सीतापाइला हाउजिङ, बालकोटमा रोज भिलेज प्रोजेक्ट कम्पनीले नै निर्माण गरेको हो । मदनभण्डारी राजमार्ग अन्तर्गत धरान चतराबाट सिन्धुलीसम्मको १ सय ३५ किमी सडक शर्मा एण्ड कम्पनी र लामा कन्ट्रक्सनले निर्माण गरेको छ । मेलम्ची खानेपानी प्रोजेक्ट अन्तर्गत काठमाडौंको ३ सय किमी क्षेत्रमा यही कम्पनीले नयाँ पाइपलाइन बिछ्याउने काम गरिसकेको छ । राजमार्गका ठूला ठूला पुल निर्माण गर्ने कम्पनीमा पनि शर्मा एण्ड कम्पनी अग्रणी मानिन्छ ।

‘सूर्यबिनायकदेखि धुलिखेलसम्म २० वर्ष अगाडि स्विस सहयोगमा यही कम्पनीले सडक निर्माण गरेको हो,’ शर्माले भने, ‘सुदुर पश्चिमको अत्तरियादेखि महेन्द्रनगरसम्मको हाइवे २ दशक अगाडि निर्माण गरेको अनुभव पनि हामीसँग छ ।’ भवन निर्माणका क्षेत्र नेपालकै प्रशिद्ध कम्पनीमा शर्मा एण्ड कम्पनी पर्न सफल भएको शर्मा बताउँछन् । कम्पनीका प्रवन्ध निर्देशक शर्मा निर्माण व्यवसायी संघको तेस्रो अध्यक्ष तथा महासंघ निर्माण पछिको पहिलो अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

lcci
You might also like

Comments are closed.